Admin Cniyef
10 Oct 2022
त्रिवेणी ग्रुपका कान्छा निर्देशक साकेत, सम्हाल्दैछन् आधा दर्जन कम्पनी

नेपालको एक प्रतिष्ठित व्यापारिक समूहमध्ये एक हो त्रिवेणी ग्रुप । ८० वर्षभन्दा बढी अनुभव रहेको उनको ग्रुपले आठ क्षेत्रमा लगानी विस्तार गरी ५२ कम्पनीको नेतृत्व गरिरहेको छ । बैंक, खाद्यान्न, हाइड्रोपावरलगाय क्षेत्रमा लगानी विस्तार गर्दै स्थापित ब्रान्ड त्रिवेणीमा बिस्तारै नयाँ पुस्ताको प्रवेश पनि हुँदै छ । पारिवारिक व्यापार सम्हाल्ने क्रममा अहिले त्रिवेणी ग्रुपमा सांघाई परिवारमा उमेरले सबैभन्दा कान्छा साकेत सांघाईको प्रवेश भएको छ ।