नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको अध्यक्षमा आशिष अग्रवाल, नयाँ बोर्ड गठन

Admin Cniyef 23 Aug 2024

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनआईवाईइएफ) को अध्यक्षमा आशिष अग्रवाल चयन हुनुभएको छ । मञ्चको वार्षिक साधारण सभाले सन् २०२४÷२०२५ का लागि अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । 
अग्रवालको कार्यसमितिमा मनिष श्रेष्ठ (लर्निङ चेयर), सुगम घिमिरे (मेम्बर इन्टीग्रेसन चेयर), निदा दुन मल्ल (मेम्बरसिप चेयर), पुनित अग्रवाल (फाइनान्स चेयर), अंकुर अग्रवाल (नेटवर्क एण्ड कम्यूनिकेसन चेयर), चिराग सरावागी (ग्रोथ एण्ड एक्सपान्सन चेयर), र साइनी खेतान (स्टार्टअप चेयर) निर्वाचित हुनुभएको छ । सन् २०२३÷२०२४ को अध्यक्ष अनुराग गोयल हुनुहुन्थ्यो ।

 

 

 

https://cni.org.np/napal-uthayaga-parasagha-yava-uthayama-maniacaka-athhayakashhama-aashashha-agaraval-naya-brada-gathana